काठमाडौं- काठमाडौंको सुकेधारास्थित धोबीखोला करिडोर नजिक बुधबार राति एक जना तेस्रोलिङ्गी व्यक्तिको शव भेटिएको छ।
धनवन्तरी फुटसल परिसरमा ओलखढुंगा स्थायी घर भएका तेस्रोलिङ्गी अड्विर राईको शव जिल्ला प्रहरी परिसर, काठमाडौंले पत्ता लगाएको हो। शव भेटिएको सूचना पाएपछि प्रहरी वृत्त, महाराजगञ्जको टोली घटनास्थलमा पुगेको थियो।
प्रहरीले राईको शवलाई पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज पठाएको छ। प्रारम्भिक जाँचमा राईको मृत्यु शंकास्पद देखिएको प्रहरीले जनाएको छ। सीसीटीभी फुटेज र अन्य पाटोको अध्ययन गर्दै अनुसन्धान प्रक्रिया अघि बढाइएको छ।
शंकास्पद मृत्युको कारण देखिएपछि उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पनि जाँच गरिरहेको छ। मृतक राईको टाउकोमा गम्भीर चोटहरू देखिएको प्रहरीले जानकारी दिएको छ। पोष्टमार्टम रिपोर्टको आधारमा मृत्युको कारण खुल्ने एसएसपी रमेश बस्नेतले बताएका छन्।
प्रतिक्रिया