नेपाल र पाकिस्तानमा आज बिहान भूकम्प सिन्धुपाल्चोक र पाकिस्तानमा ४.५ म्याग्निच्युडको धक्का


काठमाडौँ- नेपाल र पाकिस्तानमा आज बिहान भूकम्पको धक्का महसुस भएको छ। राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार, पाकिस्तानमा बिहान ४स्५७ बजे ४।५ म्याग्निच्युडको भूकम्प आएको थियो। यसको केन्द्र पृथ्वीबाट १० किलोमिटर तल रहेको बताइएको छ। भूकम्पको धक्काले मानिसहरू बिहानै उठेका थिए।

नेपालमा पनि आज बिहान २स्५१ बजे सिन्धुपाल्चोकको भैरवकुण्ड आसपास केन्द्रबिन्दु भएर ६।१ म्याग्निच्युडको भूकम्प आएको थियो। भूकम्पका कारण नेपाल र पाकिस्तानका विभिन्न स्थानहरूमा आतंक फैलिएको छ।

पछिल्लो समय भारत, पाकिस्तान र नेपालमा भूकम्पका धक्काहरू लगातार आइरहेका छन्, जसले जनतामा चासो र चिन्ता बढाएको छ।