सिन्धुपाल्चोकको भैरव कुण्ड केन्द्रबिन्दु बनाएर गएको भूकम्पका कारण पहिरो गएको छ । सिन्धुपाल्चोकको भोटेकोसी गाउँपालिका–३ तुसारेस्थित दुगुनागढीमा पहिरो गएको हो । मानवीय बस्ती नभएको ठाउमा सुक्खा पहिरो गएको प्रहरीले जनाएको छ । भूकम्पबाट हालसम्म मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ ।
भूकम्पले हल्लाएपछि आत्तिएर भाग्दा सिन्धुपाल्चोक कारागारमा रहेका एक कैदी बन्दीघाइते भएका छन् । भूक्मपपछि आत्तिएर भाग्दा उनी घाइते भएको र उनको उपचार भइरहेको प्रहरीले जनाएको छ । आज विहान २ बजेर ५१ मिनेटमा सिन्धुपाल्चोक भैरवकुण्ड केन्द्रविन्दू भएर ६.१ रेक्टर स्केलको भूकम्प गएको थियो ।
भूकम्पको धक्का पूर्वी नेपालका केही जिल्लामा समेत महसुस गरिएको छ । रातको समयमा भएपनि धक्का महसुस पछि स्थानीय घरबाहिर निस्किएका थिए ।
प्रतिक्रिया