सशस्त्र प्रहरीको इन्स्पेक्टरमा भर्ना खुल्यो 


 काठमाडौं । सशस्त्र प्रहरीले कानुन र लेखा उपसमूहमा सशस्त्र प्रहरी निरीक्षक (इन्स्पेक्टर) पदमा भर्ना खुला गरेको छ ।

शुक्रबार सशस्त्र प्रहरीले एक सूचना सार्वजनिगर्दै दरखास्त आह्वान गरेको हो । जसअनुसार कानुन उपसमूहमा ८ जना र लेखा उपसमूहमा २० जना माग भएको छ । योग्यता पुगेका नेपाली नागरिकले चैत १९ गतेसम्म दरखास्त दिन सक्नेछन् ।