महाशिवरात्रीमा पशुपति दर्शन गर्न आएका श्रद्धालुको मोबाइल चोरीमा दुई जना पक्राउ


काठमाडौँ- महाशिवरात्रीको अवसरमा पशुपति दर्शन गर्न आएका श्रद्धालुको मोबाइल चोरी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा गोरखा नगरपालिका–६ का ३१ वर्षीय बिजय मगर र गोरखाको बारपाक गाउँपालिका–४ का ३४ वर्षीय अभिषेक गुरुङ छन्।

प्रहरीका अनुसार, उनीहरुलाई बालाजुस्थित बसन्तनगर गुम्बा नजिकैबाट पक्राउ गरिएको हो। प्रहरीले उनीहरुको साथबाट १० थान मोबाइल बरामद गरेको छ।

जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिलराज बोहराले रातोपाटीलाई दिएको जानकारी अनुसार, आरोपीहरू बिरुद्ध जिल्ला अदालतबाट ५ दिनको म्याद लिएर प्रहरी वृत्त गौशालाले अनुसन्धान गरिरहेको छ।