ट्राफिक प्रहरीले स्वरुप र ढाला परिवर्तन गरेर चलाइएका टिपरमाथि कारबाही सुरु


काठमाडौं- काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहा पथले स्वरुप र ढाला परिवर्तन गरेर चलाइएका टिपरमाथि कारबाही सुरु गरेको छ। १८ फागुनको रातिबाट प्रारम्भ भएको यस अभियानमा, ट्राफिक प्रहरीले एकै दिन ४२ वटा टिपरलाई नियन्त्रणमा लिई कारबाही प्रक्रिया अघि बढाएको छ।

उपत्यका ट्राफिक कार्यालयका एसएसपी विनोद घिमिरेका अनुसार, ूनियम विपरीत सञ्चालन भएका टिपरमाथि कारबाही अभियान थालेका छौं।ू कारबाहीका क्रममा २७ वटा टिपरका ढाला थपघट गरी स्वरुप परिवर्तन गरिएको, १० वटा ओभरलोड रहेको, र ५ वटा कागजपत्र नभएका टिपरलाई नियन्त्रणमा लिइएको जानकारी दिइएको छ।

प्रहरीका अनुसार, नियन्त्रणमा लिइएका टिपरहरूको ढाला हटाउने र ओभरलोड मिलान गरी मात्रै कारबाहीपछि उनीहरूलाई छोडिने छ।