‘जनै हराएको बाहुन’मा मिरुना, विजयसँग जोडी बाँध्ने



फिल्म ‘जनै हराएको बाहुन’मा नायिका मिरुना मगर अनुवन्धित भएकी छिन् । फिल्मको कथावस्तु मन परेपछि आफूले काम गर्ने पक्का गरेको मिरुनाको भनाई छ । यो फिल्ममा नायक विजय बरालको मुख्य भूमिका रहने पक्का भइसकेको छ ।

विजय र मिरुनाले यसअघि फिल्म ‘कबड्डी, जारी’ लगायतमा काम गरिसकेका छन् । तर, उनीहरुले पर्दामा रोमान्स भने गरेका थिएनन् ।

फिल्ममा मनिष राउतले पनि काम गर्ने पक्का भइसकेको छ । नायिका मिरुना मगरको हातमा फिल्मको लाइनअप लामो छ । उनले ‘कुस्ती’मा काम गरिरहेकी छिन् । यसपछि उनले ‘डबल ट्रिपल, जारी २’मा पनि काम गर्नुपर्नेछ । यसरीहेर्दा, मिरुनाको हातमा लाइनअप गज्जब देखिएको छ ।

फिल्म ‘जनै हराएको बाहुन’लाई हिमाल न्यौपानेले निर्देशन गर्दैछन् । यो फिल्म आउँदो वर्षको तीजमा रिलिज हुँदैछ ।