थापाथलीमा फुटेको मेलम्ची पाइपलाइन मर्मत कार्य पूरा, पानी आपूर्ति पुन सुरु


काठमाडौँ- काठमाडौंको थापाथली चोक नजिक मंगलबार बिहान मेलम्ची परियोजनाको मुख्य पाइपलाइन फुटेको थियो। उक्त पाइपलाइनको मर्मत कार्य २४ घण्टापछि आज बिहान ४ बजे सकिएको हो। पाइपलाइन फुटेपछि थापाथली क्षेत्रमा बाढी आएको थियो र सडकसमेत अवरुद्ध भएको थियो, जसबाट पाँच लाख लिटर पानी खेर गयो।

खानेपानीको आपूर्ति पुनस् सुचारु गर्ने उद्देश्यले प्राविधिक टोलीले पाइप मर्मत कार्य सुरु गरेको थियो। काठमाडौं उपत्यका खानेपानी लिमिटेड ९केयुकेएल० का इञ्जिनियर प्रकाश बरालका अनुसार, पाइपलाइन मर्मत र जडानको काम सफलतापूर्वक सम्पन्न गरिएको छ र चुहावट परीक्षण गर्न भल्भ र वाशआउट भल्भको व्यवस्था गरिएको छ। सफल परीक्षणपछि आजै पानी वितरण पुनस् सुरु गरिने बताइएको छ।

खानेपानी मन्त्री प्रदीप यादवले मेलम्ची पाइपलाइन फुटेका कारणको अनुसन्धान गर्न केयुकेएललाई निर्देशन दिएका छन्।