अधिकांश नयाँ कलाकारहरु लिएर निर्देशक सशान कँडेलले निर्देशन गरेको फिल्म ‘होस्टेल ३’ शुक्रबारदेखि हलमा लाग्दैछ । यो फिल्मले ओपनिङ व्यापार कस्तो गर्ला भन्ने चासो पनि सबैतिर छ ।
किनकी, मंसिरपछि कुनै पनि नेपाली फिल्मले आशातित व्यापार गर्न नसकिरहेको अवस्थामा यो फिल्मले भने युवापुस्तालाई हलसम्म तान्ने विश्वास गरिएको छ । यसैले पनि शंकर कोइराला कार्यकारी निर्माता रहेको फिल्ममाथि प्रदर्शकहरुको पनि विश्वास देखिएको छ ।
यो फिल्मको आजबाट देशका नाम चलेका मल्टिप्लेक्समा बुकिङ खुलेको छ । मल्टिप्लेक्सले दिएको शोजलाई हेर्ने हो भने फिल्मले सुखद ओपनिङ गर्ने प्रक्षेपण गरिएको छ ।
यो फिल्मलाई वान सिनेमाज्को नयाँ बाँनेश्वरमा ५ र कालिमाटीमा ४ शोज दिइएको छ । यो सुखद शोज हो । यस्तै, फिल्मले क्यूएफएक्स चेनमा पनि राम्रो शोज पाएको छ । क्यूएफएक्सका सबै हलमा यो फिल्मलाई ३ देखि ५ शोज मिलेको छ ।
यस्तै, बीग मुभिजले पनि यो फिल्मलाई ५ शोज दिएको छ । एफक्यूब हलले पनि फिल्मलाई ५ शोज नै दिएको छ ।
देशभरका मल्टिप्लेक्समा सुखद शोज पाएको यो फिल्मले सुखद ओपनिङ गर्ने प्रक्षेपण गरिएको छ । फिल्ममा पारस बम ठकुरी, सिम्रन पन्त, रिहान गिरी, पदम तामाङ, हेना नगरकोटी, आशिष घिमिरे लगायतका कलाकारहरुको अभिनय छ ।
प्रतिक्रिया