अन्नपूर्ण बेसक्याम्पमा हेलिकप्टर उडानका लागि नयाँ शुल्क


काठमाडौँ- अन्नपूर्ण गाउँपालिकाले हेलिकप्टर उडानहरूलाई व्यवस्थित गर्न र पर्यटन शुल्क लिने नयाँ कार्यविधि बनाएको छ, जसअनुसार अब कम्पनीहरूले १०,००० रुपैयाँ शुल्क तिर्नुपर्ने छ र उडानका लागि सूचीकरण गर्नुपर्नेछ। यसमा उद्धार उडानलाई छूट दिइएको छ, तर व्यावसायिक उडानको लागि शुल्क भने अवश्य लाग्नेछ।

साथै, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना ९एक्याप० बाट उडान अनुमति लिँदै आएका कम्पनीहरूले ३,००० रुपैयाँ शुल्क तिर्ने गरेको थियो, र अब पालिकाले थप १०,००० रुपैयाँ शुल्क लगाएको छ। सूचीकरण नगरेका कम्पनीहरूलाई प्रति उडान २०,००० रुपैयाँ तिर्नु पर्ने व्यवस्था छ।

नयाँ कार्यविधिको एक प्रमुख उद्देश्य पर्यटकहरूको अनुभवलाई असर नगरी उडानको संख्या सीमित गर्नु हो, ताकि पदयात्रामा जाने पर्यटक र वन्यजन्तुमा नकरात्मक असर नपरोस्। पालिकाले १२ वटासम्मको दैनिक उडान सीमा राख्ने निर्णय गरेको छ र जलवायु परिवर्तनको असरलाई पनि ध्यानमा राख्दै कार्यविधि तयार गरिएको छ।

यो कार्यविधि लागू गरेपछि हेलिकप्टर उडान व्यवस्थापनमा सुधार आउने आशा गरिएको छ र पालिकाले यसबाट वर्षेनी १.५ करोड रुपैयाँ आम्दानी गर्ने लक्ष्य राखेको छ।