काठमाडौँ- दक्षिण कोरियाको पोचिअन क्षेत्रमा सैन्य अभ्यासको क्रममा हवाई सेनाको एक जेटले झुक्किएर सर्वसाधारण घर र चर्चमाथि बम फ्याँक्दा आठ जना घाइते भएका छन्। यो दुर्घटना बिहीबार भएको हो। घाइतेमध्ये दुई जनाको अवस्था निकै गम्भीर रहेको अधिकारीहरूले जानकारी दिएका छन्।
पोचिअन उत्तर कोरियाको सीमा नजिक सोलबाट उत्तरपूर्वमा लगभग ४० किलोमिटर टाढा छ। संयुक्त सैन्य अभ्यासका क्रममा केएफ–१६ जेटबाट ५ सय पाउन्ड तौल भएका आठ थान एमके ८२ बम सटिङ रेंज बाहिर खसेका थिए।
घटनामा भएको क्षतिका लागि हवाई सेनाले एक विज्ञप्तिमा माफी मागेको छ। यस घटनापछि स्थानीयहरूले विरोध जनाएका छन्, र यस विषयमा थप छानबिन गर्ने प्रक्रिया सुरू गरिएको छ।
प्रतिक्रिया