काठमाडौँ- बर्दियाको ठाकुरबाबा नगरपालिका वडा नम्बर १ भुरिगाउँमा २४ वर्षीया राधा बोहोराको रहस्यमय मृत्युको घटनामा प्रहरीले उनका भिनाजु र बुहारीलाई पक्राउ गरेको छ। मृतक राधा बोहोराको फागुन ४ गते घर भित्रै मृत शरीर फेला परेको थियो।
घटनाको अनुसन्धान गर्दै प्रहरीले मृतकका ६९ वर्षीय भिनाजु शान्तबहादुर खत्री र २४ वर्षीया बुहारी उमाकुमारी खत्रीलाई संलग्नता देखेपछि बर्दिया जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी गरी दुबैलाई नियन्त्रणमा लिएको हो।
प्रहरीका अनुसार, बोहोराको घरको सुत्ने कोठामा फागुन ४ गते बिहान साढे १० बजे बाहिरबाट ताल्चा लगाइएको अवस्थामा स्थानीयले शव फेला पारेका थिए। जनप्रतिनिधिहरूसँगको रोहबरमा ताल्चा फुटाइ घरको सघन जाँच गर्दा बोहोराको शव बाँसको खामोमा मृत अवस्थामा भेटिएको थियो।
घटनाको मुचुल्का र अनुसन्धानपछि प्रहरीले दुबै जनालाई पक्राउ गरी थप अनुसन्धान भइरहेको जानकारी दिएको छ।
प्रतिक्रिया