काठमाडौँ- सुनसरीको दुहबी बजारमा ६ लेन सडक बिस्तारका लागि घरहरू डोजर लगाएर भत्काउन सुरु गरिएको छ। दुहबी नगरपालिकाले स्थानीय बासिन्दाहरूको घर अतिक्रमण गरेर निर्माण गरिएको सडक क्षेत्र खाली गर्न प्रहरी परिचालन गरी भत्काउने प्रक्रिया अघि बढाएको हो।
धरानदेखि विराटनगरको रानीसम्मको ६ लेन सडकको निर्माण अन्य स्थानमा अन्तिम चरणमा पुगेको अवस्थामा दुहबीमा स्थानीय बासिन्दाले घर खाली नगरेको कारण सडक विस्तारमा अवरोध भएको थियो। दुहबी नगरपालिकाका मेयर बेद गच्छदारका अनुसार, स्थानीयहरूले सडकको मापदण्डभित्र पर्ने घर खाली गर्न अटेर गरेपछि डोजर लगाएर घर भत्काउन परेको हो।
बिहीवार दुहबी नगरपालिकाको अनुरोधमा नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई दुहबी बजार क्षेत्रमा परिचालन गरिएको थियो। प्रहरीको सहयोगमा स्थानीय घरहरू भत्काउने कार्य जारी रहेको छ।
धरानका यातायात व्यवसायी सरोज श्रेष्ठका अनुसार, दुहबी बजारका घर भत्काएपछि धरान र विराटनगर बीचको यातायातमा सहजता आउने छ।
प्रतिक्रिया