रुसको हवाई आक्रमणमा युक्रेनको क्रिभी रिह होटलमा चार जनाको मृत्यु


गएको राति रुसले गरेको ब्यालिस्टिक मिसाइल आक्रमणमा युक्रेनको क्रिभी रिह शहरमा एक होटलमा चार जनाको मृत्यु भएको छ। रुसको हवाई आक्रमणमा सहरको उक्त होटलमा मिसाइल लागेका थिए। युक्रेनी राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीका अनुसार, यस होटलमा अमेरिका र बेलायतका स्वयंसेवकहरू पनि उपस्थित थिए, तर उनीहरू भाग्यवश आक्रमणबाट बच्न सफल भएका छन्।

जेलेन्स्कीले आफ्नो टेलिग्राम च्यानलमा लेख्दै भने, होटलमा मानवीय सहायता कार्य गर्दै युक्रेन, अमेरिका र बेलायती स्वयंसेवकहरू थिए। आक्रमण हुनु अघि उनीहरूले होटलको कोठाबाट भाग्न सके, जसकारण उनीहरू बच्न सफल भए।

यो आक्रमणमा ३० जनाभन्दा बढी घाइते भएका छन् र सबैलाई आवश्यक चिकित्सा सहायता उपलब्ध गराइएको जानकारी उनले दिएका छन्। होटलको आसपासका क्षेत्रहरू र अन्य सम्पत्ति पनि क्षतिग्रस्त भएको बताइएको छ। उद्धार कार्य हालसम्म जारी रहेको छ।