अभिनेत्री गौरी मल्ललाई मातृशोक परेको छ। उनका ८८ वर्षीया आमा हेमकुमारीको बिहीबार दिउँसो गंगालाल अस्पतालमा उपचारको क्रममा निधन भएको हो।
हेमकुमारीको पार्थिव शरीरलाई पशुपति आर्यघाटमा अन्त्येष्टिका लागि लगिएको छ। चलचित्र कलाकार संघका अध्यक्ष मोहन निरौलाले यसबारे जानकारी दिएका छन्।
अन्तिम श्रद्धाञ्जली दिनका लागि चलचित्र क्षेत्रका कलाकारहरू आर्यघाटमा पुग्ने क्रम जारी रहेको छ। हेमकुमारीका दुई सन्तान छन्, जसमध्ये गौरी मल्ल जेठी हुन्।
प्रतिक्रिया