चन्द्रागिरिको बोसीगाँउस्थित कवाड कारखानामा आगलागी, ठूलो क्षति


काठमाडोँ- चन्द्रागिरि नगरपालिका(१० स्थित बोसीगाँउमा रहेको आरएमबी प्लास्टिक प्याकेजिङ हाउस ९कवाड कारखाना० मा आज आगलागी भएको समाचार आएको छ। आगलागीमा पुष्पा श्रेष्ठ र रमेश पोदारको संयुक्त व्यवसाय रहेको सो कारखानामा ठूलो क्षति पुगेको छ।

आगलागी नियन्त्रणमा ल्याउनका लागि प्रहरी वृत्त बालाजु, थानकोट र अन्य प्रभागबाट ३२ जनाको टोली खटिएको थियो। साथै, आगो निभाउन सशस्त्र प्रहरी बल र स्थानीय व्यक्तिहरू समेत खटिएका थिए। आगलागीको घटनामा सातवटा दमकल र १५ पानी ट्याङकर प्रयोग गरिएका थिए। चन्द्रागिरि नगरपालिका, विशाल बजार, बालाजु, ललितपुर महानगरपालिका, भक्तपुर नगरपालिकाका दमकलहरू र अन्य स्थानीय दमकल यन्त्रले आगो निभाउन महत्वपूर्ण भूमिका निभाएका थिए।

हालको अवस्थामा कवाड कारखाना जलेर नष्ट भएको छ र क्षतिको बारेमा विवरण प्राप्त हुनु बाँकी रहेको छ। आगलागीको नियन्त्रणमा आएका बारेमा जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता, प्रहरी उपरीक्षक अपीलराज बोहराले जानकारी दिएका छन्।