काठमाडौँ- उदयपुरको गाईघाटस्थित त्रियुगा बसपार्क जाने सडकखण्डमा गाडीको ठक्करबाट दुई जनाको मृत्यु भएको छ।
सडकको छेउमा उभिएका १४ वर्षीया अनुकुमारी दास र १२ वर्षीया देवीकुमारी दासलाई गाडीले ठक्कर दिएको हो। दुबै दिदीबहिनी सप्तरीको राजविराजका स्थायी बासिन्दा थिए र गाईघाट बजारमा बस्दै थिए।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक केदारमान दोङका अनुसार, बिहीबार साँझ गाईघाट बजारबाट त्रियुगा बसपार्कतर्फ जाँदै गरेको प्रदेश नम्बर १ ०५–००१ च ०९२ नम्बरको जीपले डिएमगेट नजिक सडकको पेटीमा बसिरहेका दुवै दिदीबहिनीलाई ठक्कर दिएको हो।
ठक्करबाट गम्भीर घाइते भएकी अनुकुमारीको घटनास्थलमै मृत्यु भएको भने, देवीकुमारीको उपचारका क्रममा जिल्ला अस्पताल उदयपुरमा मृत्यु भएको प्रहरीले जनाएको छ।
जिप चालक १८ वर्षीय निर्जल कटुवाललाई प्रहरीले नियन्त्रणमा लिएको छ। उक्त जिप गाईघाट हिमशिखर फर्निचर उद्योगको रहेको बताइएको छ।














प्रतिक्रिया