काठमाडौँ- अर्काको नागरिकतामा आफ्नो तस्बिर टाँसेर ठगी गरेको आरोपमा दुई जनालाई पक्राउ गरिएको छ। राजविराज नगरपालिका–१२ का अभिषेक यादव र अरुणकुमार यादवलाई आज जिल्ला प्रहरी कार्यालयले पक्राउ गरेको छ।
प्रहरी उपरीक्षक ढकेन्द्र खतिवडाका अनुसार, अरुणकुमार यादवले आफ्नो फोटो अर्काको नागरिकतामा टाँसेर विराटनगरस्थित सिटिजन्स बैंकमा खाता खोलेर अन्य व्यक्तिहरूबाट लाखौँ रुपैयाँ ठगी गरेको पाइएको छ।
दुवै जनाविरुद्ध नागरिकता सम्बन्धी कसुर र ठगीको मुद्दा दायर गरिएको छ, र अदालतबाट म्याद थप गरी अनुसन्धान प्रक्रिया अगाडि बढाइएको प्रहरीको भनाइ छ।














प्रतिक्रिया