फिल्म ‘आउटलः दफा २१९’को ट्रेलर सार्वजनिक भएसँगै यसको चर्चा चुलिएको छ । फिल्मको मेकिङ, यसको कथावस्तु, प्रस्तुति र एक्सनको चर्चा खुबै छ ।
यसैले, फिल्मले फागुन २९ गते बलियो ओपनिङ गर्ने प्रक्षेपण गरिएको छ । यसैबिच, यो फिल्मको पहिलो गीत सार्वजनिक भएको छ । ‘अन्धो कानुन’ नाम दिइएको ओएसटी गीतमा देशको कानुन अन्धो हुँदा के हुन्छ र नागरिकको अवस्था कस्तो हुन्छ भनेर बताइएको छ ।
मिस्टर डीले तयार पारेको यो गीतमा उनकै र्याप र संगीत छ । नितु पुनले पनि गीतमा स्वर दिएकी छिन् ।
यो गीतको भिडियोमा दिर्घ धामीको कन्सेप्ट, सम्पादन र निर्देशन छ । सलिनाको कार्यकारी निर्देशन रहेको गीतको भिडियोमा सलिना सुनार र साजेश बलामी पनि निर्देशन टिममा छन् । राजेश कुटुको यसमा कोरियोग्राफी छ । नविन गुरुङले यो फिल्म खिचेका हुन् ।
सार्वजनिक गीतलाई दर्शकले निकै मन पराएका छन् । फिल्मको यो गीतले जनताको आवाज बोलेको भन्दै फिल्मप्रति उत्साह अझै थपिएको दर्शकको प्रतिक्रिया छ ।
यो फिल्मलाई विक्की महर्जनले लेखन तथा निर्देशन गरेका हुन् । फिल्ममा अमित अग्रहरी र निशा गुइडेको लगानी छ । विक्की महर्जन र दिर्घ धामीको पटकथा रहेको फिल्ममा विनोद कठायत कार्यकारी निर्माताको रुपमा छन् ।
यो फिल्ममा सुशील श्रेष्ठ, नरेश पौडेल, शिक्षा संग्रौला, सुमन भण्डारी, हेममान गुरुङ, सोनी लागुन, विशाल पहारी, महेश त्रिपाठी, आयन परियारको अभिनय छ ।
चुल्ठे काजीको एक्सन रहेको फिल्ममा साहिल खानको सम्पादन छ । फिल्मको ट्रेलरलाई दर्शकको उच्च साथ मिलेको छ । यसको मेकिङ, प्रस्तुति, कलाकारहरुको अभिनय र एक्सनको सर्वत्र तारिफ भइरहेको छ । यसैले, यो फिल्मले दर्शकको सुखद साथ पाउने विश्वास गरिएको छ ।
प्रतिक्रिया