पूर्वी चितवनको रत्ननगर नगरपालिका-७ मा शनिबार जङ्गली हात्तीको आक्रमणबाट ३५ वर्षीय सुरेश महतोको मृत्यु भएको छ। महतो खैरहनी नगरपालिका घर भई हाल रत्ननगर नगरपालिका-७ मा बसोबास गर्दै आएका थिए।
चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी अबिनास थापा मगरका अनुसार, चितवन एडभेन्चर होटलको पछाडि रहेको लौखानी क्षेत्रमा जङ्गली हात्ती गोविन्देको आक्रमणबाट महतोको घटनास्थलमा नै मृत्यु भएको हो।
यस वर्ष हालसम्म वन्यजन्तुको आक्रमणबाट मृत्यु हुनेको संख्या ११ पुगेको छ।
प्रतिक्रिया