काठमाडौँ- इजरायलले गाजा क्षेत्रमा तत्काल बिजुली आपूर्ति बन्द गर्ने घोषणा गरेको छ। इजरायलका ऊर्जामन्त्री एली कोहेनले इजरायल विद्युत निगमलाई गाजा पट्टीमा बिजुली आपूर्ति बन्द गर्न आदेश दिएका छन्।
कोहेनका अनुसार, यो कदम गाजामा रहेका ५९ बन्धकहरूको रिहाइको लागि हमासमाथि दबाब दिन र गाजाबाट हमासको उन्मूलन सुनिश्चित गर्नका लागि चालिएको हो। उनले भने, ूहामी बन्धकहरूको रिहाइ र गाजाबाट हमासको उन्मूलन सुनिश्चित गर्न उपलब्ध सबै उपायहरू प्रयोग गर्नेछौं।ू
गत हप्ता इजरायलले गाजामा राहत सामग्री, तेल र अन्य सामग्री बोकेका सवारी साधनहरूको बाटो अवरुद्ध गरेको थियो। कोहेनले गाजामा पानी आपूर्ति बन्द गर्ने बारेमा पनि विचार भइरहेको बताएका छन्।
इजरायलको उद्देश्य अहिले युद्धविरामको पहिलो चरणको अवधि बढाउन सहमति जनाउन हो, भने हमास भने युद्धविरामको दोस्रो चरणको वार्ता सुरु गर्न चाहन्छ। बीबीसी समाचार अनुसार, यसरी बिजुली आपूर्ति बन्द गर्नु इजरायलको रणनीतिक दबाबको एक हिस्सा हो।
प्रतिक्रिया