काठमाडौ – राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले काठमाडौं महानगरलाई एक लाख जरिवाना बुझाएको छ ।
आइतबार महानगरले सडकमा फोहोर र विरूवामा क्षति गरेको भन्दै राप्रपालाई एक लाख रुपैयाँ जरिवाना गरेको थियो।अन्तिम राजा ज्ञानेन्द्र शाहलाई स्वागत गर्ने क्रममा महानगर क्षेत्र फोहोर बनाएको र भौतिक क्षति भएको भन्दै महानगरले पार्टीलाई एक लाख जरिवाना गरेको हो।

राप्रपाले महानगरलाई जरिवाना नतिर्ने भनेर अभिव्यक्ती दिएपनि यसको चौतर्फी विरोध हुन थाले पछि जरिवाना तिरेको हो ।
प्रतिक्रिया