नेपाली कांग्रेसका नेता एवं राष्ट्रिय सभा सदस्य कृष्ण सिटौलाले पूर्वराजा ज्ञानेन्द्रलाई सरकारले चाहेकै दिन नागार्जुनबाट पनि गलहत्याउन सक्ने बताएका छन् । आज (सोमबार) कांग्रेस सुदूरपश्चिम प्रदेश सम्मेलनलाई सम्बोधन गर्दै उनले पूर्वराजाको गतिविधिबाट आत्तिनुपर्ने अवस्था नरहेको बताएका हुन् ।
नेता सिटौलाले आफूले नै पूर्वराजालाई नारायणहिटीबाट विदा गरेको बताउँदै चाहेकै दिन त्यहाँबाट पनि सरकारले गलहत्याउन सक्ने चेतावनी दिए । ‘म आफैं बिदा गर्न गएको हुँ । राम्रै सम्झाएको हुँ । सरकारको निर्णयले नागार्जुन निवास उहाँलाई तत्काल बस्न दिएको हो । सरकारले चाहे हटाइदिन सक्छ,’– नेता सिटौलाले भने ।
पूर्वराजाबारे चर्चा गर्न आवश्यक नै नरहेको उनले बताए । नेता सिटौलाले १५÷२० हजार मान्छे सडकमा उत्रिनुलाई ठूलो कुरोको रुपमा लिन नहुने बताए । उनले वर्तमान सरकार कांग्रेसकै साहरामा रहेको पनि टिप्पणी गरे ।
प्रतिक्रिया