माइकलको ‘राम नाम सत्य’मा विराजको इन्ट्री


नायक विराज भट्टले होम प्रोडक्सन बाहिरको फिल्म साइन गरेका छन् । विराजले फिल्म ‘१२ गाउँ २’ बनाउने चर्चा चलिरहँदा घर बाहिरको फिल्म साइन गरेका हुन् । योसँगै उनले तत्काल ‘१२ गाउँ २’ नबनाउने वुझिएको छ ।

तर, यो फिल्मको कथा भने उनले तयार पारेका छन् । फिल्म ‘राम नाम सत्य’को निर्माणपक्ष र विराजविच कागजी रुपमा संझौता भइसकेको छ । फिल्मको कथावस्तु मन परेपछि विराज यो फिल्ममा काम गर्न राजी भएका हुन् ।

म्युजिक भिडियो निर्देशन गर्दै आएका माइकल चन्दले यो फिल्मको निर्देशन गर्न लागेका हुन् । फिल्ममा कथा पनि उनको नै छ । फिल्मको छायांकन आउँदो वर्षबाट सुरु गर्ने योजना माइकलको छ ।

फिल्ममा अर्जुन पोखरेल र बाबुल गिरीको संगीत रहने पक्का भइसकेको छ । फिल्ममा उत्तम गुरुङ, उपेन्द्र शाही र स्वेता विमलीको लगानी रहनेछ । नरेन्द्र शाह र सन्तोष अर्याल फिल्मका कार्यकारी निर्माता हुन् ।

यो फिल्मलाई एक्सन, लभ स्टोरी, कमेडीको कथामा निर्माण गरिनेछ । निर्देशक चन्दले दर्शकले यो फिल्ममा केही फरक र विशेष गर्ने योजना लिएका कारण नै प्रि–प्रोडक्सनमा समय लगाएको बताए । नायक विराज भट्टले पनि यो फिल्ममा काम गर्न आफू उत्साहित रहेको बताएका छन् ।

फिल्मका अन्य कलाकारहरुको विषयमा जानकारी दिइएको छैन । तर, फिल्ममा मल्टिस्टारर कलाकार रहने जानकारी निर्माणपक्षले दिएको छ ।