काठमाडौं । रास्वपाका सांसद मनिष झाले सरकार काण्डै काण्डमा रुमलिएको आरोप लगाएका छन् । मंगलबार बसेको प्रतिनिधि सभाको आकस्मिक समयमा बोल्दै झाले सरकारमाथि विभिन्न प्रश्न उठाएका हुन् ।
उनले भने ‘हामी जनतालाई मायाँ गर्नुस् भन्छौँ उहाँका कार्यकर्ताले रंगशालामा जनतालाई कुट्छन्, जनतालाई आशा जगाइदिनुस् भन्छौँ उहाँहरू कुलमानलाई लखेट्नुहुन्छ। हामी सहकारीपीडीतलाई न्याय दिनु भन्छौँ रविलाई थुन्यौँ त भन्नुहुन्छ । हामी स्थानीय तहलाई बलियो बनाइदिनुस् भन्छौँ बालेनको कर्मचारी खोस्यौँ त भन्नुहुन्छ।’
प्रतिक्रिया