बसन्तनगर गुम्बा नजिक मन्दिर परिसरमा शव फेला


काठमाडौं- काठमाडौं महानगरपालिका वडा नम्बर १६ बालाजुस्थित बसन्तनगर गुम्बानजिकै मन्दिर परिसरमा एक जना युवाको शव फेला परेको छ।

नुवाकोटको ढिकुरेका करिब ३५ वर्षीय नरेन्द्र बानियाँको शव बुधबार बिहान फेला परेको हो। मन्दिरमा सुतिरहेको अवस्थामा उनको मृत्यु भएको अनुमान गरिएको छ। नरेन्द्र बानियाँ मन्दिरमा मागेर खाई बसोबास गर्दै आएका थिए।

प्रहरी वृत्त बालाजुले शवलाई पोस्टमर्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगंज पठाएको छ।