कस्तो छ विपिनलाई एक्सन अवतारमा देखाइएको ‘कर्मा’को टिजर ?



फिल्म ‘कर्मा’को टिजर सार्वजनिक भएको छ । फिल्मको टिजरमा एक्सन र पारिवारिक कथालाई प्रस्तुत गरिएको छ ।

फिल्मलाई एक्सन भनेर प्रचार गरिएपनि यसको निर्माणपक्षले पारिवारिक कथा र एक्सनको मिश्रण भनेको छ ।

फिल्ममा विपिनको साथमा उपासना सिंह ठकुरी, मुकुन भुषाल, दिव्य देव, सुजैन सिलवाल, अनिल वुढाथोकी, सरिता गिरी, बेन बस्नेत, निर्मल शर्मा लगायतका कलाकारहरुको अभिनय छ ।

बसन्त लम्सालको निर्माणमा तयार भएको फिल्मलाई सौरभ चौधरीले लेखन तथा निर्देशन गरेका हुन् । फिल्ममा निमेष श्रेष्ठको सम्पादन, श्री श्रेष्ठको एक्सन, कविराज गहतराजको कोरियोग्राफी, समिर मियाको भीएफएक्स, भाष्कर स्वारको संगीत, संजय लामाको छायांकन छ ।

फिल्मको टिजरमा समावेश बाइक चेजिङको दृश्यलाई दर्शकले मन पराउन सक्छन् । साथै, विपिनको नौलो अवतार पनि दर्शकका लागि विशेष हुन सक्छ ।