डा. केदारनरसिंह केसीले आफूले कुनै सरकारी जग्गा कब्जा नगरेको स्पष्ट पारेका छन् । आज (शनिबार) आफ्नै निवासमा स्थानीय जनप्रतिनिधि राखेर पत्रकार सम्मेलन गर्दै केसीले आफूमाथि लगाईएको आरोपको खण्डन गरेका हुन् ।
https://youtu.be/VRoW8sYAoGE?si=fCK2lAyMH6cGkGac
रास्वपाका सांसदहरु शिशिर खनाल र सुमना श्रेष्ठले यसअघि संसद्मा तारकेश्वर नगरपालिका–९, मनमैजुस्थित लोकतान्त्रिक चोकमा रहेको सरकारी जग्गा ओगटेको विषय उठाएका थिए ।
https://youtu.be/VRoW8sYAoGE?si=fCK2lAyMH6cGkGac
सो कुरा सार्वजनिक भएपछि केसीले आज स्थानीय जनप्रतिधिलगायतलाई राखेर पत्रकार सम्मेलन गर्दै उनले आफ्नो सार्वजनिक छवि बिगार्नका लागि आफूमाथि आरोप लगाएको जिकिर गरे । उनले आफूले कुनै सरकारी जग्गा कब्जा नगरेको दाबी गरे । केसीले कित्ता नम्बर ६२ आफ्नो नाममा रहेको र कित्ता नम्बर ६२ सरकारको नाममा रहेको स्पष्ट पारे ।
प्रतिक्रिया