फिल्म ‘डोरी’को ट्रेलर सार्वजनिक भएको छ । चैत्रको १५ गतेबाट रिलिजमा आउन लागेको यो फिल्मको थ्रिलर, हरर, कमेडी र एक्सन मिश्रित ट्रेलर सार्वजनिक गरिएको हो । यो फिल्ममा अरुण लामाको लेखन तथा निर्देशन छ । दिनेश भट्टराइले फिल्ममा लगानी गरेका छन् ।
फिल्ममा अरुण लामा, अञ्जना बराइली, प्रविण खतिवडा, शिशिर प्रकाश वाङ्देल, प्रकाश घिमिरे, विरेन्द्र सिंह कुशवाह, राज पौडेल लगायतका कलाकारहरुको अभिनय छ । यो फिल्मको ट्रेलरमा डोरी हिरो देखिएको छ । डोरीकै वरिपरी रहेर ट्रेलर काटिएको छ ।
राज थापा कार्यकारी निर्माता रहेको यो फिल्ममा सौरभ लामाको डीओपी, राजु तामाङको एक्सन, मिलन श्रेष्ठको सम्पादन छ ।
यो फिल्मका निर्देशक लामाले कार्यक्रममा बोल्दै ‘दाल भात तरकारीमा चटनी प्रयोग गरेर स्वादिलो बनाए जस्तै’ फिल्ममा थ्रिल र हररलाई प्रस्तुत गरिएको बताए ।
प्रतिक्रिया