काठमाडौं- काठमाडौंबाट हेटौडा जाँदै गरेको भारतीय नम्बर प्लेटको गाडी मकवानपुरको इन्द्रसरोवरमा दुर्घटना भएको छ। दुर्घटनामा चार जना घाइते भएका छन्, जसमा सबै भारतीय नागरिक रहेका छन्।
प्रहरीका अनुसार सोमबार बिहान मकवानपुरको इन्द्रसरोवर गाउँपालिका९३० धाराखोल्छास्थित दक्षिणकाली सडक खण्डमा भारतीय नम्बर प्लेटको युपी ७० एनटी ६९१७ नम्बरको गाडी दुर्घटनामा परेको हो। गाडीको ब्रेक फेल भएपछि यो दुर्घटना भएको र गाडी रोडको बायाँ साइडमा ठोक्किएर दुर्घटना भएको प्रहरीले जानकारी दिएको छ।
गाडीमा १७ जना सवारी सवार थिए, जसमा चार जना घाइते भएका छन्। घाइतेहरूको अहिले स्थानीय अस्पतालमा उपचार भइरहेको छ।
प्रतिक्रिया