नायिका गरिमा शर्माले फिल्म ‘जन्ते बाख्रो’को छायांकन सकिन् । यो फिल्मको छायांकन सकेपछि गरिमा मौन छिन् । उनले केही म्युजिक भिडियोमा काम गरेको देख्न सकिन्छ ।
उसो त फिल्म ‘लण्डन टू पेरिस’बाट गरिमाले करिअरको सुरुवात गरेकी हुन् । यो फिल्मबाट उनलाई फाइदा भएन । दोस्रो फिल्म ‘ह्रस्व दीर्घ’मा गरिमाको भूमिका थोरै थियो । यसबाट पनि उनको कामले अझै राम्रोसँग दर्शकको ध्यान तान्न सकेन ।
अब, गरिमा फिल्म ‘जन्ते बाख्रो’बाट आशावादी छिन् । यो फिल्ममा उनी नायक सौगात मल्लको जोडीको रुपमा देखिदैछिन् ।
गरिमाले आफ्नो आत्मविश्वास बढेको भन्दै केही तस्वीरहरु पनि शेयर गरेकी छिन् । जहाँ, उनी बोल्ड अवतारमा देखिएकी छिन् । यो फिल्मले व्यापारिक रुपमा सफलता कायम गरेको खण्डमा पक्कै पनि गरिमाको आत्मविश्वास बढ्नेछ ।
प्रतिक्रिया