९ दिनको अन्तरमा रिलिजमा आएका दुई फिल्मको बक्स अफिसमा टकराव देखिएको छ । फागुनको १४ गतेबाट रिलिजमा आएको फिल्म ‘लाज शरणम्’ र फागुनको २३ गतेबाट रिलिजमा आएको फिल्म ‘होस्टेल ३’ विच कडा टक्कर देखिएको छ ।
यी दुई फिल्मको पछि पछि ‘अन्जिला र आउटलः दफा २१९’ छन् । फिल्म ‘लाज शरणम्’ले २० दिनमा नेपालबाट करिब ४ करोडको ग्रस कलेक्शन गरेको आँकडा छ ।
यता, फिल्म ‘होस्टेल ३’ले ११ दिनमा देशभर करिब साढे ३ करोडको ग्रस कलेक्शन गरेको छ । दुई फिल्मको कमाइमा अब ५० लाखको मात्र अन्तर देखिएको छ ।
मंसिरदेखि सुनसान बनेको बक्स अफिसलाई ‘लाज शरणम् र होस्टेल ३’ले चलायमान बनाएका छन् । साथै, यसपछि रिलिजमा आएका दुई फिल्म ‘आउटलः दफा २१९ र अन्जिला’ले पनि राहत दिएका छन् । ‘अन्जिला’ बक्स अफिसमा सुखद व्यापार गर्दै चलिरहेको छ ।
फिल्म ‘राजागञ्ज’ भने बक्स अफिसमा असफल भयो । यो फिल्मले रिलिजको शुक्रबार नै गतिलो व्यापार गर्न सकेन ।
प्रतिक्रिया