नायिका अञ्जना बराइली आफूलाई व्यस्त ठान्छिन् । उनका फिल्मले एकपछि अर्को रुपमा सफलता पाएपछि उनी खुशी देखिएकी छिन् । तर, उनकै नामले फिल्म भने चलेका छैनन् ।
‘महापुरुष, महाभोज, पूर्ण बहादुरको सारङ्गी’ लगायतका फिल्मले बक्स अफिसमा सफलता पाएपछि उनले फिल्म पनि पाइरहेकी छिन् । तर, यी तिनै फिल्म उनको नामले चलेका भने होइनन् ।
नेपालमा केही कलाकारहरुको हकमा भने फिल्म चल्दा फाइदा र नचल्दा पनि खासै घाटा नहुने अवस्था छ । अञ्जना पनि अब यही सूचीमा पर्न थालेकी छिन् ।
उनी, अञ्जना अभिनित फिल्म ‘डोरी’ फागुन १५ गतेबाट रिलिजमा आउँदैछ । यो फिल्म उनकै नामले चल्नुपर्ने हुन्छ । किनकी, फिल्मको टिम निकै नयाँ छ । कलाकारहरु पनि अधिकांश नयाँ नै छन् ।
यस्तो अवस्थामा आफूलाई भाग्यमानी र व्यस्त नायिका मान्दै आएकी अञ्जनालाई यो फिल्म चलेको खण्डमा मात्र फाइदा हुनेछ । यसअघिका फिल्म अन्य कलाकारहरुको नामले चले र अञ्जनाले त्यसको फाइदा लिएकी छिन् ।
के ‘डोरी’ अञ्जनाको नामले नै चल्ला त ? चैत्रको १५ गतेसम्म प्रतिक्षा गरौं । तर, सार्वजनिक फिल्मको ट्रेलरले दर्शकको ध्यान भने खिच्न सकेको छैन ।
प्रतिक्रिया