शुक्रबारदेखि रिलिजमा आएको फिल्म ‘आउटलः दफा २१९’ दर्शकको राम्रो साथका साथ हलमा चलिरहेको छ । यो फिल्म रिलिज भएपछि नायक सुशील श्रेष्ठको चर्चा पनि चुलिएको छ ।
साथै, यो फिल्मबाट डेब्यू गरेका कलाकार सुमन भण्डारीको चर्चा पनि विसरै हुन थालेको छ । सुमनले खलपात्रको रुपमा आफूलाई बलियो उपस्थिती गराएका छन् । उनको, भूमिकाले दर्शकलाई आक्रोशित पनि बनाएको छ ।
फिल्म भित्र उनले निर्वाह गरेको भूमिकाले दर्शकमा आक्रोश पैदा हुन्छ । यही, आक्रोश मंगलबार काठमाडौंको बीग मुभिजमा देखियो । उनीसँग एक यूवती यती आक्रोशित भइन् कि, उनले झगडा नै गरिन् ।
दर्शकको प्रतिक्रिया वुझ्नका लागि हल पुगेका सुमनमाथि युवतीले झन्डै हात हालिनन् । पछि, उनले सुमनसँग माफी मागेको भिडियो सार्वजनिक भएको छ ।
विक्की महर्जनको निर्देशनमा अमित अग्रहरिको निर्माण रहेको यो फिल्ममा शिक्षा संग्रौला, सोनी लागुन, नरेश पौडेल लगायतका कलाकारहरुको अभिनय छ ।
फिल्मको मेकिङ, एक्सन र कथावस्तुलाई दर्शकले मन पराएका छन् ।
प्रतिक्रिया