गायकबाट नायक हुँदै निर्देशक बनेका प्रकाश सपुतको नयाँ फिल्म ‘वसन्त’को ट्रेलर सार्वजनिक भएको छ । यो फिल्मको ट्रेलर ४ मिनेट भन्दा लामो छ । फिल्मको ट्रेलरमा जातीय विभेद र त्यसले निम्त्याउने विद्रोहको कथा भन्छ ।
मोहन विक र विन्दु बोहरा निर्माता रहेको फिल्ममा विरेन्द्र नारायण श्रेष्ठ, अनुरोध भट्टराई र न्यान्सी शेरचन कार्यकारी निर्माताको रुपमा छन् ।
यो फिल्ममा प्रकाश सपुत, स्वस्तिमा खड्का, खड्ग बहादुर पुन, प्रभात पाल ठकुरी, श्री श्रीभान्सी, अनुप बराल, प्रकाश घिमिरे, कमलमणि नेपाल, माओत्से गुरुङ, सिरु बिष्ट, भोला सापकोटा, विशाल पहारी लगायतका कलाकारहरुको अभिनय छ ।
प्रविन भट्टको सम्पादन रहेको यो फिल्ममा सुशन प्रजापतिको डीओपी छ । फिल्मको ट्रेलर लामो भएका कारण मध्य भागसम्म दर्शकलाई खासै छुदैन । तर, मध्य भागबाट यो ट्रेलरले गती समातेको छ ।
फिल्मले समाजमा केही प्रभाव पार्न सक्ने विश्लेषण गर्न सकिन्छ ।
प्रतिक्रिया