काठमाडौं – आइतबार (असार १५) सरकारले शिक्षकहरूसँग विद्यालय शिक्षा विधेयक ल्याउने भनेर सहमति गरेको मिति । संसदबाट शिक्षा विधेयक पारित गर्ने भनेर सरकारले शिक्षक महासंघसँग सम्झौता गरे पनि त्यो उलङ्घन गरेको छ।
प्रतिनिधिसभाअन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले विधेयक पारित गरेर संसदमा पेश नगरेकाले शिक्षकसँगको सहमतिअनुसार आज शिक्षा विधेयक पारित नहुने निश्चित भएको हो। शिक्षकसँग नौ बुँदे सहमतिमा शिक्षामन्त्री रघुजी पन्तले एकल हस्ताक्षर गरेका थिए। सहमति मन्त्रिपरिषद बैठक बसेर अनुमोदन गरिएको थियो।
त्यसैगरी प्रतिबद्धता पत्रमा नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरे, एमालेका मुख्य सचेतक महेश बर्तौला र शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति अम्मरबहादुर थापाले हस्ताक्षर गरेका थिए। विद्यालय शिक्षा ऐन र सेवासुविधाको माग गर्दै २९ दिन काठमाडौंको सडकमा शिक्षकले आन्दोलन गरेका थिए। प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्नेछ। आजको बैठकमा निजामती विधेयक पारित गर्ने कार्यसूची तय भएको संघीय संसदका महासचिव पद्मप्रसाद पाण्डेयले जानकारी दिए। शिक्षा विधेयक प्रस्तुत गर्ने कार्यसूची छैन ।














प्रतिक्रिया