‘सुम्निमा’मा कुन्साङको प्रवेश



फिल्म ‘सुम्निमा’मा मुख्य नायक फाइनल भएका छन् । यो फिल्ममा नायक कुन्साङ बमजन फाइनल भएका छन् । उनीसँग फिल्मको निर्माण टिमको छायांकन सुरु हुनु भन्दा केही साता अगाडि संझौता गरेको हो ।

मिलन चाम्सको निर्देशनमा तयार हुन लागेको यो फिल्ममा नायिका उपासना सिंह ठकुरी शीर्ष भूमिकामा फाइनल भइसकेकी छिन् । अब, फिल्मको पर्दामा उपासना र कुन्साङको रोमान्स हेर्न पाइनेछ ।

नायक बमजमले यो फिल्ममा काम गर्न पाउनु आफ्नो लागि गर्वको कुरा भएको भन्दै आफ्नो पात्रको लागि लागिपर्ने बताए ।

गोर्खा फिल्मस् र चाम्स इन्टरटेन्मेन्टको संयुक्त लगानीमा निर्माण हुन लागेको यो फिल्मले प्रेमकथा भन्नेछ । फिल्मका अन्य कलाकार तथा प्राविधिकहरुको नाम एकपछि अर्को रुपमा सार्वजनिक गर्ने निर्माणपक्षले बताएको छ ।

निर्देशक चाम्सले यूनिभर्सल कथा र अन्तरराष्ट्रिय बजारलाई ध्यानमा राख्दै यो फिल्म तयार पार्ने बताए । राजीव थापाको लेखनमा बन्न लागेको यो फिल्मको छायांकन अगष्टमा लण्डन र नेपालमा गरिनेछ ।

फिल्म ‘दान्भी’मा काम गरेपछि कुन्साङले फिल्म क्षेत्रमा पाइला राखेका थिए । यसपछि, उनले नयाँ फिल्म साइन गरेका थिएनन् ।