विकिनीमा गरिमा, यता नकारात्मक प्रतिक्रियामा आक्रोश



नायिका गरिमा शर्माको करिअर फिल्म बजारमा ठिकठाकसँग अगाडि बढिरहेको छ । तीन वटा फिल्ममा काम गरेकी गरिमालाई बक्स अफिसले भने साथ दिएन ।

तीनैवटा फिल्मको बक्स अफिस अपेक्षित नहुँदा गरिमाको करिअर अब के हुन्छ भन्नेहरु पनि छन् । तर, गरिमा आफूलाई फिल्मको अफर आइरहेको र चाडै नै काम गर्ने बताउँछिन् ।

उनै, गरिमा हालै मात्र नगरकोटको एक रिसोर्टमा विकिनी अवतारमा देखिएकी छिन् । विकिनी अवतारमा मस्ती अवतारमा देखिएकी गरिमा आफूलाई फिल्मबाट आएको नकारात्मक प्रतिक्रियाले केही पनि फरक नपरेको देखाउन खोजिरहेकी छिन् ।

यसैबिच, सामाजिक संजालमा आउने गरेका नकारात्मक प्रतिक्रिया र ती प्रतिक्रिया दिने मानिसहरुको फोटो सार्वजनिक गर्ने क्रम बढेको छ ।

नायिका ऋचा शर्मा, गायिकाद्धय एलिना चौहान र समीक्षा अधिकारीपछि गरिमा पनि यो अभियानमा अगाडि आएकी छिन् । उनले, सामाजिक संजालमा आएका तल्लो स्तरका प्रतिक्रिया र प्रतिक्रिया दिने व्यक्तिको फोटो बाहिर ल्याएर यो अभियानमा आफू पनि अगाडि आएको बताएकी छिन् ।

आफूले प्रतिक्रियामा खासै वास्ता नगरेपनि केही व्यक्तिहरु हातै धोएर अश्लिल प्रतिक्रिया दिन लागिपरेको भन्दै गरिमाले आफू वाध्य भएको बताएकी छिन् ।