हाँस्य कलाकार नारायण त्रिपाठीको कमब्याक फिल्म ‘चमेलीको पोई’को प्रदर्शन मिति तय गरिएको छ । यो फिल्म चैत्रको १३ गते रामनवमीको अवसर पारेर रिलिजमा आउने पक्का भएको हो ।
आज ३ वटा पोस्टर सार्वजनिक गर्दै फिल्मको प्रदर्शन मिति तय गरिएको हो । फिल्ममा सुरक्षा पन्त, मुकुन भुषाल, नारायण त्रिपाठी, विल्सन विक्रम राई, रविन्द्र झा लगायतका कलाकारहरुको अभिनय छ ।
धनलक्ष्मी सिने मेकर्सको प्रस्तुतिमा तयार भएको यो फिल्ममा सुनिता सापकोटा र राम नारायण उपाध्यायको लगानी छ । उदय बिक्रम राणा र रितु मल्ल ठकुरी कार्यकारी निर्माता रहेको फिल्मको फस्टलुकमा नायक मुकुन भुषाल र नायिका सुरक्षा पन्तलाई मुख्य स्थान दिइएको छ ।
चमेलीको भूमिकामा सुरक्षा देखिएकी छिन् भने मुकुन उनको श्रीमान्को भूमिकामा देखिएकी छिन् ।
फिल्ममा शिवम् अधिकारीको पटकथा तथा संवाद, शेर बहादुर तामाङको छायांकन, बन्दे शाह र सुजन वडालको सम्पादन, कविराज गतहराजको कोरियोग्राफी, कुमार महर्जनको एक्सन छ ।
यो फिल्म कमेडी जनरामा बनेको हो । फिल्मको कथावस्तुले दर्शकर्ला पूर्ण रुपमा मनोरञ्जन दिने विश्वास गरिएको छ ।














प्रतिक्रिया