काठमाडौं – सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले आफूहरूको कार्यकाल एक वर्षको मात्रै रहेको बताएका छन् । असार २३ र ३० गतेको मन्त्रिपरिषद् बैठकले गरेका निर्णय सुनाउन बुधबार आयोजित पत्रकार सम्मेलनमा उनले आफूहरू धेरै दिन मन्त्रीको कुर्सी नरहने स्पष्ट पारे ।
मन्त्री गुरुङले गत वर्ष असार ३१ गते प्रधानमन्त्री केपी ओलीले मन्त्रीहरूलाई शपथ खुवाउने बेलामै एक वर्षको हो है भनेको उनले रहस्य खोले । उनले मन्त्रिपरिषद् पुनर्गठन हुने विषय सामान्य प्रक्रिया रहेको पनि बताए ।
आफूले नेतृत्व गरेको सरकारले एक वर्ष पूरा गरेसँगै प्रधानमन्त्री ओली मन्त्रिपरिषद् पुनर्गठनको तयारीमा जुटेका छन् । साउन पहिलो साता नै मन्त्रिपरिषद् पुनर्गठन हुने बताइए पनि ७८ लाख घुस डिल प्रकरणमा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ता र भूमि व्यवस्था तथा सहकारीमन्त्री बलराम अधिकारी मुछिएपछि ओली अहिले रोकिएका छन् ।
रञ्जिता श्रेष्ठ अध्यक्ष रहेको नाउपाले सरकारलाई दिएको समर्थन फिर्ता लिँदै पर्यटन राज्यमन्त्री अरुणकुमार चौधरीलाई राजीनामा दिन लगाइसकेको छ । तर चौधरीको राजीनामा स्वीकृत भएको छैन ।














प्रतिक्रिया