चाक्सीबारीमा कांग्रेसका सात भाइ, के हो रणनीति ?


काठमाडौं – नेपाली कांग्रेसमा डा.शेखर कोइरालाले पार्टी नेतृत्व र सरकारको नेतृत्व परिवर्तनका लागि दौडधूप चलाइरहेका बेला कांग्रेसका सात प्रभावशाली नेता चाक्सीबारीमा छलफलमा जुटेका छन् ।

सोमबार दिउँसो कांग्रेस नेता प्रकाशमान सिंहको निवासमा नेताहरू डा.शशांक कोइराला, कृष्णप्रसाद सिटौला, गोपालमान श्रेष्ठ, विमलेन्द्र निधि, विजयकुमार गच्छदार र डा.प्रकाशशरण महतबीच छलफल भएको छ ।

पछिल्लो समय कांग्रेसमा समीकरणमा फेरबदल आउँदा सात नेताले छुट्टै समूह बनाएका छन् । उनीहरू यसअघि पनि यसरी नै बैठकमा जुटेका थिए । सबैजना अहिले कांग्रेस सभापति शेरबहादुर देउवा निकट नेता हुन् । देउवाको समर्थन जुटाउन उनीहरू एक भई भेला गर्दै आएका छन् । र, १५औं महाधिवेशनमा एकढिक्का भएर लड्ने योजनामा छन् ।