काठमाडौँ – नारीहरूको महान पर्व हरितालिका तिज नजिकिँदै गर्दा नेपाली संगीत बजारमा तिजका भाका थपिन थालेका छन्। पछिल्ला दिनहरूमा दिनहुँजसो नयाँ गीत सार्वजनिक भइरहेका छन्। यसै क्रममा, लोकप्रिय गायक घमेश दुलाल, भिमसेन खतिवडा, राधिका ढकाल र आशा लामा “ज्ञानमाला” को संयुक्त प्रस्तुतीमा तयार “यो तिजमा भाइरल हुने हो” बोलको नयाँ तिज गीत सार्वजनिक गरिएको छ।
गीतका शब्द र संगीत स्वयं गायक भिमसेन खतिवडाले तयार पारेका हुन् भने मिलन श्रेष्ठको निर्देशन रहेको भिडियोमा राजन चौलागाई ‘खैराते’, प्रकाश सोनी, रिया खड्का, जेनि क्विन र विशेषता महर्जन को अभिनय देख्न सकिन्छ।
श्रृङ्गारिक लय र भाइरल शैलीको भाव लिएर आएको यस गीतले तिजको चहलपहलमा थप रौनक ल्याउने अपेक्षा गरिएको छ।














प्रतिक्रिया