काठमाडौँ । नेपाली बजारमा बुधबार सुनको मूल्य तोलामा २१ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा मूल्य बढेर आज छापावाल सुन तोलामा एक लाख ९७ हजार ६०० रुपैयाँ पुगेको हो । अब केही दिनभित्रै सुन तोलामा दुई लाख रुपैयाँ पुग्ने सुन व्यवसायीहरूको भनाइ छ ।
मंगलबार छापावाल सुन तोलामा एक लाख ९५ हजार ५०० रुपैयाँ कायम भएको थियो । बुधबार चाँदीको मूल्य पनि बढेको छ । महासंघका अनुसार बुधबार चाँदी तोलामा दुई हजार ३५० रुपैयाँ कायम भएको छ । मंगलबार चाँदी तोलामा दुई हजार ३२० रुपैयाँ कायम भएको थियो ।














प्रतिक्रिया