कस्तो बन्यो ‘अभिमन्यूः च्याप्टर १’को पोस्टर ?



फिल्म ‘अभिमन्यूः च्याप्टर १’को निर्माणपक्षले नयाँ नयाँ प्रचारका सामाग्रीहरु तयार पारिरहेको छ । यसअघि एआई भिडियो सार्वजनिक गरेको निर्माण टिमले अब मोसन टिजर सार्वजनिक गरेको छ । भदौको २७ गतेबाट यो फिल्म रिलिजमा आउँदैछ ।

सार्वजनिक मोसन टिजर जिल्ला कारागार मोरङ अगाडि एक व्यक्तिले चुरोट सल्काउँदै गरेको दृश्यबाट सुरु गरिएको छ ।

मोसन टिजर हेर्दा यो फिल्म पैसाका लागि एक व्यक्तिले कतीसम्मको संघर्ष गर्छ भन्ने कथामा बनेको प्रष्ट हुन्छ ।

यो फिल्ममा कामेश्वर चौरासिया, सरिता गिरी, गौमाया गुरुङ, लक्ष्मी बर्देबा, किरण श्रेष्ठ, प्रकाश दाहाल, सुष्मा निरौला लगायतका कलाकारहरुको अभिनय छ ।

सुशान्त गौतमको डेब्यू निर्देशनमा बनेको यो फिल्ममा मुकेश खनालको लेखन छ । शरद महत्तोको डीओपी रहेको यो फिल्मको हिन्दी भर्सन असोज ६ गतेबाट रिलिजमा आउँदैछ ।

सेभेन सिज सिनेमाको प्रस्तुतिमा निर्माण भएको फिल्ममा विनोद पौडेल र गुञ्जन गिरी निर्माताको रुपमा छन् । रमेश चौलागाई र हरि श्रेष्ठ फिल्मका सह–निर्माता हुन् भने विशाल लामा, हरि मोक्तान, कृष्ण भट्टराई, नीराजन लुइँटेल, सन्देश श्रेष्ठ फिल्मका कार्यकारी निर्माता हुन् ।