काठमाडौं – ७८ लाख घुस डिल प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वमन्त्री रञ्जिता श्रेष्ठसँग बयान लिन सुरु गरेको छ।
अख्यिारले श्रेष्ठलाई बुधबार बिहान १० बजेदेखि सोधपुछ सुरु गरेको हो । निवर्तमान सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ता संलग्न भएको घुस अडियो प्रकरणमा पूर्वमन्त्री श्रेष्ठ पनि मुछिएकी छिन् । उनकै डिजाइनमा बिचौलियाले गुप्तासँग पैसाको डिल गरेको रहस्य खुलेको छ ।
अख्तियारले मंगलबार गुप्ता र बिचौलिया एवं एमाले कार्यकर्ता सुजन लामासँग भ्वाइस टेस्ट लिएको थियो । स्रोतका अनुसार गुप्ता र लामाको भ्वाइस सार्वजनिक अडियोसँग मिलेको छ ।














प्रतिक्रिया