नायक सौगात मल्ल र नायिका बेनिशा हमाल अभिनित फिल्म ‘सिटामोल’ ट्रेलर सार्वजनिक गरिएको छ । साउनको २३ गतेबाट रिलिजमा आउने यो फिल्मको मर्मश्पर्शी ट्रेलरले पैसाको अभावमा एउटा परिवारले भोग्ने पीडाको कथालाई उठान गरेको छ ।
यो फिल्मको ट्रेलरमा कमेडी, सटिक संवाद र सामाजिक व्यङ्ग्यले भरिएको ट्रेलरले दर्शकमा उत्साह जगाउन सक्छ । फिल्मले समाजमा देखिने पारिवारिक झमेला, गरिबी, बेरोजगारी र सरकारी लापरवाहीलाई देखाइएको छ ।
यो फिल्म नेपाली समाजको दुःख, पीर, बिडम्बना र भ्रष्ट प्रणालीमा आधारित रहेको ट्रेलरमा देख्न सकिन्छ ।
यो फिल्ममा सौगात र बेनिशाको साथमा कृष्ण निरौला, जानुका विश्वकर्मा, लोकेन्द्र लेखक, भुगोल कार्की, हिउँवाला गौतम, सुशील पोखरेल, दिनेश रेग्मी, आरआर खड्का, ज्ञानु मल्ल, पवन भट्टराई, काजल भुजेल र बाल–कलाकार करण नेपाली, आराध्या राज्यलक्ष्मी डीसीको अभिनय छ ।
तुल्सीदेवी फिल्म प्रालीले जुनतारा फिल्मस्को सहकार्यमा निर्माण भएको यो फिल्ममा प्रदीप भारद्धाजको लेखन छ ।
सिमोस सुनुवारको प्रस्तुति रहेको यो फिल्ममा भुगोल कार्की र विकास राज जोशी निर्माता, अप्सरा नेपाली, अजय मल्ल र कुमार केसी कार्यकारी निर्माता, गंगाराम श्रेष्ठ सह–निर्मातामा छन् । बाबुल गिरीको संगीत, कविराज गहतराजको कोरियोग्राफी, बन्दे प्रसादको सम्पादन, देव महर्जन र शंकर महर्जनको एक्सन, राकेश दाहालको पोस्टर डिजाइन, दिव्य सुवेदीको छायांकन छ ।
फिल्मको ट्रेलरले दर्शकको मन छुने विश्वास गरिएको छ । राजबहादुर सानेको निर्देशनमा यो फिल्म निर्माण भएको हो ।














प्रतिक्रिया