काठमाडौं – नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परी हाल जेल जीवन बिताइरहेका एमालेका निलम्बित सांसद टोपबहादुर रायमाझीलाई छुटाउने खेल सुरु भएको छ । जसकारण उनलाई भेट्न जानेको अहिले कारागारमा भिडभाड हुने गरेको छ ।
माओवादी उपमहासचिव जनार्दन शर्माले जेलमै पुगेर रायमाझीसँग भेटघाट गरेका छन् । पूर्वउपप्रधानमन्त्रीसमेत रहेका रायमाझीलाई भेट्न शर्मा बिहीबार बिहान केन्द्रीय कारागार, जगन्नाथदेवल पुगेका थिए । उनीहरुबीच करिब आधा घण्टा कुराकानी भएको थियो ।
शर्माले रायमाझीको मुद्दाबारे चासो राखेको र समसामयिक राजनीतिका विषयमा पनि कुराकानी भएको स्रोतले जनाएको छ । उनले यो मुद्दा छिट्टै किनारा लाग्नुपर्ने हो, तर प्रतिशोध साँधिएको जस्तो लाग्छ भन्दै सहानुभूति दिएको बुझिएको छ । रायमाझी नक्कली भुटानी शरणार्थी प्रकरणमा ०८० बैशाख ३१ गते पक्राउ परेका थिए ।
०८० असार १ गते काठमाडौँ जिल्ला अदालतले उनलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको थियो । यो काण्डमा प्रत्यक्ष संलग्न रहेको भनिएका पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता बालकृष्ण खाँण भने धरौटीमा रिहा भइसकेका छन् ।
टोपबहादुरको मुद्दा साउन १८ गते आइतबारका लागि पेशी तोकिएको छ ।
जिल्ला अदालत काठमाडौँमा त्यसदिन प्रतिवादीहरूको बकपत्र गराइने छ र छिट्टै मुद्दाको फैसला हुने सम्भावना छ । फैसला सुनाउने दिन नजिकिँदै गर्दा नेताहरुले भेटघाट तीव्र पारेका हुन् । रायमाझी माओवादी छाडेर एमाले प्रवेश गरेका थिए । माओवादी छाडेर एमाले जाने नेताहरुको अहिले कन्तबिजोग छ । पूर्वमाओवादी नेताहरुमा लेखराज भट्टबाहेक एमालेमा कसैले जिम्मेवारी पाएका छैनन् । रामबहादुर थापा बादल उपाध्यक्ष भए पनि भूमिका शून्य छ ।














प्रतिक्रिया