नायक प्रदीप खड्काको दिमाग फिल्म अभिनयमा मात्र चल्दैन, मार्केटिङदेखि हरेक कुरामा चल्छ । यसैले, उनी फिल्म निर्माणको सुरुवाती चरणदेखि नै कुनै न कुनै प्रोजेक्टमा जोडिएका हुन्छन् ।
उनै, प्रदीप अहिले अमेरिकामा छन् । उनी, अमेरिका जानुको कारण एक सौन्दर्य प्रतियोगीताको निर्णायक बन्नका लागि हो ।
तर, यही मौकामा उनले आफू अभिनित फिल्म ‘एक्टरः टेक वान’को शो गर्दैछन् । अमेरिकाका ७ वटा राज्यमा यो फिल्मको शो हुँदैछ । यी सबै शोमा प्रदीप सहभागी हुनेछन् ।
प्रदीपले यो फिल्मलाई अमेरिकामा शो गर्नुको मुख्य कारण हो, वितरण । यो फिल्मको अमेरिका वितरणको जिम्मा पनि प्रदीपको कम्पनीले लिएको छ । सोहीकारण, प्रदीप सौन्दर्य प्रतियोगीताको निर्णायक बन्न अमेरिका पुगेको समयमा यो फिल्मको शो गरेर राम्रै पैसा उठाउने चक्करमा छन् ।
नायक खड्का अभिनित यो फिल्म गतबर्षको माघमा रिलिजमा आएको थियो । फिल्मले बक्स अफिसमा कमजोर व्यापार गर्यो । यो वर्ष प्रदीपले ‘ऐरी’को पहिलो चरणको छायांकन सकाएका छन् । उनी, फिल्म ‘लोभी पापी र शुभ बिबाह’ गर्ने तयारीमा छन् ।














प्रतिक्रिया