‘मितज्यु’मा भित्रिए सौगात



नायक सौगात मल्लले नयाँ फिल्म साइन गरेका छन् । खुट्टामा घाउ भएपछि अप्रेशन गरेर बसेका नायक मल्ल नयाँ फिल्म ‘मितज्यु’मा भित्रिएका हुन् ।

यो फिल्मलाई अनिल बुढा मगरले निर्देशन गर्दैछन् । फिल्ममा जनक घर्ती मगरको लगानी रहनेछ ।

फिल्मका लागि नायक दयाहाङ राई, तेरिया मगर र स्मीता लामिछाने अनुवन्धित भइसकेका छन् । सौगात र दयाको जोडी ‘कबड्डी ४’मा ब्लकबस्टर भएको थियो । महेश राइको लेखनमा तयार हुन लागेको यो फिल्मका निर्माता जनक घर्ती मगर हुन् । दुवैले फिल्म ‘घरज्वाइँ’ पछि एकसाथ सहकार्य गर्न लागेका हुन् ।

शिशिर विशङ्खेले छायांकन गर्ने फिल्मलाई जी.एम. मुभिज प्रोडक्सन प्रा.लिको व्यारनमा निर्माण हुने यो फिल्मको छायांकन मंसिरको दोस्रो हप्तादेखि सुरु हुनेछ । फिल्मलाई ढोरपाटन र पोखरामा खिचिनेछ । फिल्मलाई चैत्रको २७ गतेबाट प्रदर्शन गर्ने योजना निर्माणपक्षको छ ।

सौगातले फिल्म ‘जहाजैमा, कबड्डी ५’ लगायतका फिल्ममा पनि काम गर्ने तयारी गरेका छन् ।