काठमाडौं – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले देश र जनताको पक्षमा काम गर्न राजनीतिमा उत्रिएको बताएकी छन् । उनले संविधानमै उल्लेख भएको मौलिक अधिकारको प्रयोग गरेर राजनीतिमा ओर्लिएको र यसमा कुनै आश्चर्य मान्नुपर्ने विषय नभएको बताएकी छन् । एमालेले पार्टी सदस्यता खारेज गरेपछि भण्डारीले पहिलोपल्ट मुख खोलेकी हुन् ।
बबरमहलस्थित कार्की ब्यांक्वेटमा विशेष पत्रकार सम्मेलन आयोजना गर्दै उनले आफूले संवैधानिक अधिकार प्रयोग गरेको र एमालेको सदस्यता नवीकरण गरेको दाबी गरेकी छन् । उनले एमालेमा जिम्मेवारी दिने विषयमा अध्यक्ष केपी ओलीसँग पटकपटक छलफल भएको पनि स्मरण गराएकी छन् ।
पार्टी सदस्यबाटै राष्ट्रपति भएको र त्यहाँबाट फर्केर राजनीतिमा लागेको स्पष्ट पारेकी छन् । उनले आफूलाई पार्टी राजनीति गर्नबाट वञ्चित गर्न नमिल्ने जिकिर पनि गरेकी छन् ।














प्रतिक्रिया